अनुसूची
दफा ३३ संग सम्बन्धित) इमानदारी र गोपनीयताको प्रतिज्ञा

म…………………………………………….प्रतिज्ञा गर्दछु कि प्राधिकरणको सञ्चालक वा सदस्य वा लेखापरीक्षक वा पदाधिकारी वा कर्मचारीको हैसियतबाट वा प्राधिकरणमा आफ्नो ओहदा सम्बन्धी समुचा काम कुरामा आफ्नो योग्यता औ क्षमताले भेटेसम्म परिआएको कर्तव्यको पालना ईमानदारीपूर्वक र सत्यनिष्ठाले गर्नेछु ।

म पुन प्रतिज्ञा गर्छु कि कुनै अनधिकृत व्यक्तिलाई प्राधिकरण सम्बन्धी कुनै गोप्य सूचना प्रकाश गर्न वा गर्न लगाउन वा कसैलाई प्राधिकरणको अधिनमा रहेको र प्राधिकरण सम्बन्धी कुनै किताब वा कागजपत्र कुनै त्यस्तो व्यक्तिलाई निरीक्षण वा ग्रहण गर्न दिने छैन ।